२७ बैशाख, काठमाडाैं । भारतले जवाफी कारबाहीमा पाकिस्तानी सैन्य प्रतिष्ठानमा हवाई आक्रमण गरेको बताएको छ ।
शनिबार पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले भारतले पाकिस्तानमाथि गरेको आक्रमणको बारेमा जानकारी दिएकी हुन् ।
उनले भनिन्,‘पाकिस्तानले जानाजानी सैन्य प्रतिष्ठानलाई लक्षित गरेपछि भारतीय सशस्त्र बलले योजनाबद्ध तरिकाले जवाफी आक्रमण गरे । प्राविधिक प्रतिष्ठान, कमाण्ड र नियन्त्रण स्टेशन, राडार साइट र हतियार डिपोहरूलाई लक्षित गरिएको हो।’
कर्नेल कुरेशीले रफिकी, मुरिद, चकलाला, रहिमयार खान, सुक्कुर र चुनियामा रहेका पाकिस्तानी सैन्य अड्डामा सटीक हतियार र लडाकु विमानले प्रहार गरिएको बताइन्।