|  

पाकिस्तानसँगकाे गाेलाबारीमा भारतीय सेनाका सूबेदार मेजर पवन कुमारको मृत्यु

२७ बैशाख, काठमाडाैं । पाकिस्तानी सेनाको गोलीबारीमा परेर भारतीय सेनाका सूबेदार मेजर पवन कुमारको मृत्यु भएको छ ।

हिमाचल प्रदेशको सिहोलपुरी, शाहपुर निवासी ४८ वर्षीय कुमार सीमामा तैनाथ थिए । आज बिहान ५ बजेतिर पुन्छ सीमा क्षेत्रमा पाकिस्तानले गरेको भारी गोलीबारीका क्रममा सुबेदार मेजर पवन कुमारलाई गोली लागेको थियो। गोली लागेर उनी गम्भीर घाइते भएका थिए र तुरुन्तै अस्पताल लगिए पनि बचाउन सकिएन । ४९ वर्षीय पवन कुमार एक महिनाअघि मात्र बिदामा घर आएका थिए । पवन कुमार अगस्ट ३१ मा अवकाश लिँदै थिए । परिवार उनको अवकाशपछि योजना समेत बनिसकेको थियो । तर, त्यो योजना पूरा हुन पाएन ।

यसैबीच, हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सुबेदार मेजर पवन कुमारको मृत्युप्रति दुस्ख व्यक्त गरेका छन् । सुबेदार मेजर पवन कुमारले देशको एकता र सार्वभौमसत्ता कायम राख्न सर्वोच्च बलिदान दिएको भन्दै मुख्यमन्त्री सुखुले राष्ट्रले उनको बलिदानलाई सधैँ सम्झने बताए ।