२७ बैशाख, काठमाडाैं । नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीहरु शुक्रबार आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव बोकेर अर्थ मन्त्रालय पुगेका थिए ।
सो क्रममा उनीहरुले अर्थमन्त्रीलाई आगामी १० वर्ष नीतिगत स्थितरता हुने सुनिश्चितता गर्न, कच्चा पदार्थमा लाग्ने भन्सार दर कम गर्न, मदिरा तथा सूर्तीजन्य पदार्थमा कर बढाउँदा चोरी पैठारी बढ्ने र राजस्वसमेत प्रभावित हुनेतर्फ सचेत हुन लगायत बिभिन्न विषयमा सुझाव दिए । अर्थमन्त्रीसँगको उक्त छलफलमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा पनि थिए ।
उनले सरकार गम्भीर भएर लाग्ने हो भने चोरी पैठारी पूर्ण रुपमा रोक्न सकिने रहेछ भन्ने देखिएको बताए । उनले यसको उदाहरण रवि लामिछाने गृहमन्त्री भएको समयको दिए । ‘म विशुद्ध उद्योगी-व्यापारी हुँ। मलाई कुनै दल विशेषको पक्षपोषण र राजनीतिक लाभ-हानीको कुरा गर्नु छैन। रवि लामिछानेले गृहमन्त्री भएको समयमा भन्सार नाकाबाट हुने चोरी पैठारी पूर्णरुपमा बन्द भएको थियो ।’ शारडाले भने, ‘नेतृत्वमा प्रतिवद्धता र इच्छाशक्ति भए परिणाम दिन सकिँदो रहेछ भन्ने उदाहरणलाई वर्तमान सरकारले पनि गम्भीर रुपमा लिनुपर्यो।’