२७ बैशाख, काठमाडौं । भारत र पाकिस्तानले हानाहान गरिरहेको अवस्थामा अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भारत र पाकिस्तानका उच्च अधिकारीबीच छलफल भएको छ ।
अमेरिकी विदेशमन्त्री रुबिओले भारतका विदेशमन्त्री एस.जयशंकर तथा पाकिस्तानका सेनापति असिम मुनिरसँग कुराकानी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ । युद्धलाई थप उग्र हुन नदिन तनाव घटाउने र सीधा संवादको माहोल बनाउनेबारेमा अमेरिकी विदेशमन्त्रीले प्रस्ताव राखेका छन । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भारत र पाकिस्तानको युद्धमा अमेरिकाको कुनै रुचि नभएको प्रतिक्रिया दिएको केही समयपछि अमेरिकी विदेशमन्त्रीले भारत र पाकिस्तानका अधिकारीहरुसँग कुरा गरेर समन्वय गर्न खोजेको समाचार सार्वजनिक भएको छ ।