|  

भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविरामका लागि सहमत भए- ट्रम्प

२७ बैशाख, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामको लागि सहमत भएको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत भारत र पाकिस्तान लामो वार्तापछि पूर्ण र तत्कालदेखि युद्ध विराम गर्न सहमत भएको जानकारी दिएका हुन् ।

उनले भनेका छन्- 'संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्ता पछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् । सामान्य ज्ञान र महान बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाई छ । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद !'