२७ बैशाख, काठमाडौं । पाकिस्तासँग जारी तनावपछि युद्धविराम सुरु भएको केही घण्टामा नै भारतको रक्षा मन्त्रालयले फेरि आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएको छ ।
युद्धविराम गर्ने सहमति भएको केही समयपछि भारतको रक्षा मन्त्रालयले शनिबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय थलसेना, वायुसेना र नौसेनाका अधिकारीहरूले पाकिस्तानसँगको द्वन्द्वमा भारतका सबै सैन्य संरचना सुरक्षित रहेको बताए ।
पत्रकार सम्मेलनमा थलसेनाबाट कर्नल सोफिया कुरैशी, वायुसेनाबाट विङ कमान्डर व्योमिका सिंह र नौसेनाबाट कमोडोर रघु आर. नायर उपस्थित करिब १० मिनेट लामो पत्रकार सम्मेलनमा पाकिस्तानले गलत प्रचार गरिरहेको भन्दै चर्को आपत्ति समेत जनाएको छ ।