|  

रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई गरे सिधा वार्ताका लागि आह्वान

२८ बैशाख, काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ताको आह्वान गरेका छन्।

उनले कुनै ढिलाइ नगरी मे १५देखि नै वार्ता सुरु गर्नुपर्ने बताएका छन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनबाट शनिबार राति ढिलो गरी प्रसारित टेलिभिजन सम्बोधनमा भने, ‘हामी गम्भीर वार्ता चाहन्छौँ । द्वन्द्वको मूल कारणहरू हटाएर स्थायी र मजबुत शान्तितर्फ बढ्ने प्रयास गर्नुपर्छ ।’

रुसको यो घोषणा युरोपेली नेताहरूले युक्रेन भ्रमण गरी रुसलाई विनासर्त ३० दिने युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेको केही घण्टापछि आएको हो ।