२८ बैशाख, काठमाडौं । सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले जानकारी दिएका छन्। उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन् ।
डार्फरको राजधानी एल–फासेर नजिकैको यो क्षेत्र अझै पनि अर्धसैनिक बल आरएसएफको नियन्त्रणमा छैन र खाद्य संकटले गम्भीर रूपमा प्रभावित छ । डार्फर क्षेत्र अफ्रिकामा द्वन्द्वका कारण विस्थापित भएका लाखौं मानिसहरूको आश्रयस्थल बनेको छ।
पछिल्लो समय नियमित सेनासँगको युद्धमा संलग्न रहेको आरएसएफले यस्ता शिविरहरूलाई निशाना बनाउन थालेको छ।