|  

तुइनखोलामा ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

२८ बैशाख, काठमाडौं । तुइनखोलामा ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक खण्ड पूर्णरूपमा बन्द भएको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको हो ।

कोइला लोड गरेको ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले बाटो खुलाउने प्रयास गरिरहेको चितवन प्रहरीले जनाएको छ