२८ बैशाख, काठमाडौं । काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आइतबार बिहान ३ बजे काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ इन्द्रावती खोलाको बगरमा बालुवा लोड गरी फर्कँदै गरेको बा ४ ख ३३६३ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–७ का ४८ वर्षीय लवकुश अधिकारी छन्। उनले चलाएको टिपर सडकबाट आफै ब्याक भएर एक सय मिटर तल खसेको थियो। दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको हो।