|  

युद्धविराम पछि पनि भारतले पाकिस्तानमाथि यी दुई प्रतिबन्ध यथावत् राख्ने !

२८ बैशाख, काठमाडौं । भारत-पाकिस्तानबीच ‘युद्धविराम’ भएपछि दुवै देशले आफ्नो देशभित्र लगाएका विभिन्न प्रतिबन्धहरू फुकुवा गरेका छन् ।

पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको दाबी गरेर भारतले पाकिस्तानमाथि विभिन्न प्रतिबन्ध लगाएको थियो । तीमध्ये केही प्रतिबन्धहरू भने तत्काल नहट्ने भएको छ।

भारतले पाकिस्तानी नागरिकहरूलाई लगाएको भिसा प्रतिबन्ध र सिन्धु जल सम्झौताको निलम्बन तत्काल नहट्ने भएको हो  । अरू प्रतिबन्धहरू हट्न सक्ने तर त्यसबारेमा निर्णय भइ नसकेको स्रोतले जनाएको छ।

पाकिस्तानले बन्द गरेको आफ्नो हवाइ क्षेत्रहरू सबै प्रकारका जहाजका लागि खुला गरिसकेको छ ।भारतले विभिन्न क्षेत्रमा लगाइएको ब्ल्याकआउट स्थगित गरेको छ ।