२८ बैशाख, काठमाडौं । भारत-पाकिस्तानबीच युद्धविराम भए पनि भारत प्रशासित जम्मू कश्मीर क्षेत्रमा अझै उच्च सतर्कता अपनाइएको छ ।
चार दिनमा उत्कर्षमा पुगेको भारत-पाकिस्तान तनाव शनिबार साँझ ५ बजेदेखि अकास्मात् युद्धविराम भएपछि रोकिएको थियो । यद्यपि जम्मू कश्मीरको भारत-पाकिस्तान सीमा क्षेत्रमा अझै पनि उच्च सतर्कता अपनाइएको स्रातले जनाएको छ ।
त्यहाँ सीमा सुरक्षा बललाई उच्च सतर्कता र तयारी अववस्थामा राखिएको भनिएको छ । सीमा क्षेत्रबाट ‘आतंकवादी समूहु जैश–ए–मोहम्मदका ‘आतंककारी’घुसपैठ गर्ने सक्ने जोखिमलाई मध्यनजर गरेर ती क्षेत्रहरूमा उच्च सचतर्कता अपनाइएको बताइएको छ ।
युद्धविराम भए पनि पाकिस्तानले जम्मू–कश्मीरको श्रीनगर लगायतका क्षेत्रहरूका हवाइ आक्रमण गरेको रिपोर्टहरू सार्वजनिक भएका थिए।