बिहिवार १० जेष्ठ, २०८२  | Thursday 22 May, 2025 

त्रिभुवन विमानस्थलमा यात्रीलाई अपराधीझैँ व्यवहार गरिन्छः ढकाल

२८ बैशाख, काठमाडौं । सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीलाई अपराधीझैँ व्यवहार हुने गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘अध्यागमन प्रविधिमैत्री पनि छैन, आधुनिक पनि छैन, यात्रीहरूलाई अपराधीको झैँ व्यवहार गरिन्छ, एक घण्टासम्म लगेज प्राप्त गर्न सक्नुहुन्न,’उनले भने, ‘भन्सारमा यात्रीलाई अनावश्यक रूपमा दुःख दिइन्छ ।’