२८ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले झण्डै ८० लाख नेपाली युवा श्रमका लागि बाहिर रहेपनि उनीहरुको हितका लागि श्रम मन्त्रालयले कुनै काम नगरेको बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएर बसेको टिप्पणी गरेका हुन् । आज नेपालीहरु बन्दक हुँदा पनि श्रम मन्त्रालयले कुनै पनि काम नगरेको उनको आरोप छ । अहिले मात्रै पनि मुलुकमा १४ खर्ब, ४४ अर्ब ३२ करोडको रिमेट्यान्स विदेशमा रहेका मान्छेले पठाएको उनले तथ्याङ्क प्रस्तुत गरे ।
दलालका कारण धेरै घरबारबिहीन हुँदा पनि श्रम मन्त्रालयले कुनै काम नगरेको उनको आरोप छ ।