|  

युद्धविराम कायम राखेकोमा ट्रम्पले गरे भारत र पाकिस्तानको प्रशंसा

२८ बैशाख, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू भारत र पाकिस्तानको बलियो दृढ नेतृत्वमा गर्व गर्ने बताए । उनले भने,‘सही समयमा बुद्धि र साहस देखाएर यो द्वन्द्व रोक्ने निर्णय गरे । द्वन्द्वले लाखौँ निर्दोष मानिसको मृत्यु र ठुलो क्षति निम्त्याउन सक्थ्यो।’

ट्रम्पले अमेरिकाले ऐतिहासिक निर्णयमा पुग्न मद्दत गर्न सक्षम भएकोमा पनि गर्व रहेको बताए । उनले भारत र पाकिस्तानसँगको व्यापार बढाउने पनि उल्लेख गरेका छन् ।