|  

एमबिबिएस पढ्ने धेरै विद्यार्थीहरूलाई जबरजस्ती १ / २ नम्बरले फेल गराइँदो रहेछः सांसद श्रेष्ठ

२८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद अन्जनी श्रेष्ठले एमबिबिएस अध्ययन गर्ने अत्यधिक विध्यार्थीहरूलाई एक–दुई नम्बरले फेल गराइने पाइएको बताएकी छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले लापरवाही ढंगले कापी चेक गर्दा थोरै अंकले विद्यार्थी फेल हुने गरेको बताएकी हुन्।

‘जाँच कसलाई गराउने हो ? रिचेक गर्दा सोही विद्यार्थीले हेर्न नसक्ने गरी नम्बर दिइँदो रहेछ। कुनै कापीमा नम्बर जोड्न पनि छुटाइँदो रहेछ। कुनै पन्नामा नम्बर नै नदिई जबरजस्ती फेल गराइँदो रहेछ,’उनले भनिन्।