|  

तीनकुने घटनामा संलग्न आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

२८ बैशाख, काठमाडौं । प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।

उनलाई तीनकुने घटनामा संलग्न आरोपमा सुकेधाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।