|  

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

२८ बैशाख, काठमाडाैं ।  सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकले नीति तथा कार्यक्रम पारित भएको हो । यससंगै प्रि बजेट छलफल सुरु भएको छ ।

अर्थमन्त्री विष्णु पटडेलले आजकै भैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । यससँगै अब बैठकमा आगामी बजेटबारे छलफल हुनेछ ।

राष्ट्रपतिले बैशाक १९ मा संघिय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि प्रधानन्त्रीले उठेका प्रश्नको जवाफ दिएपश्चात निर्णयार्थ पेश गरिएको थियो ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो । नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो । ती सबै प्रस्ताव आज निर्णयार्थ पेश गरिँदा बहुमतले अस्वीकृत भएका छन् ।