२८ बैशाख, काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संविधानको मौलिक हकमा राखिएका कुराहरूलाई कानूनी परिभाषित गरेर कार्यान्वयनमा ल्याउन सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मौलिक हकमा राखिएका कुराहरूलाई कार्यान्वयनमा ल्याउने संवैधानिक प्रतिवद्धता रहेको बताउँदै त्यसलाई पूरा गर्न सबै मिलेर एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको बताए । उनले सत्ता र प्रतिपक्षबाट समर्थन र आलोचना गरे पनि कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एक हुनुपर्ने दोहो¥याए । उनले पछिल्लो बदलिएको संसारको प्रभाव, अमेरिकी सरकारको नीतिको प्रभाव, रुस-युक्रेन युद्ध र छिमेकी मुलुकमा देखिएको तनाव लगायतका विषयहरूको प्रभावलाई मूल्याङ्कन गरी एक ठाउँमा उभिएर आगामी बजेटबाट नयाँ रचना गर्न सक्नुपर्ने बताए । उनले संसारमा आएको परिवर्तनबाट पर्ने प्रभावलाई मूल्याङ्कन गरेर सरकार अगाडी बढ्ने विश्वास व्यक्त गरेका छन् ।
नीति तथा कार्यक्रमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रतिबद्धता देखाएको बताउँदै अन्य महत्वपूर्ण विषयहरू वस्तु समावेश भएको जिकिर गरे ।