|  

साफ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

२८ बैशाख, काठमाडौं । भारतमा जारी साफ यु-१९ च्याम्पियनसिपमा नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।

समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा नेपाली समयअनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । नेपालले श्रीलंका विरुद्ध जित हासिल गरे एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ । नेपाल रहेको समूह बी को पहिलो खेलमा भारतले श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरिसकेको छ । अब नेपाल सामु श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान बनाउने अवसर छ । समूहको अन्तिम खेल नेपाल र भारतबीच मंगलबार हुनेछ । 

आजै समूह बी अन्तर्गत बंगलादेश र भुटानबिको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । समूह ए को पहिलो खेलमा बंगलादेश र माल्दिभ्सले २-२ को बराबरी खेलेका थिए । समुह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन ।