२८ बैशाख, काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको निधनमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ। आइतबार (आज) बसेको बैठकले नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको हो।
बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि अध्यक्ष नारायण दाहालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए। यसपछि प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
नेपालको गत मङ्गलबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो। लामो समय एमालेको राजनीति गरेका उनले २०२६ सालतिरबाट राजनीतिक यात्रा सुरु गरेका थिए।