२८ बैशाख, काठमाडौं । श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १४ जना गम्भीर घाइते भएका छन ।
बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको उक्त बस आइतबार दुर्घटनामा परेको हो । सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान भीरबाट खसेको प्रहरीले जनाएको छ । उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात करिब ७० जना यात्रु सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चालक निदाएर दुर्घटना भएको हुनसक्ने अनुमान पनि गरिएको छ । उक्त बस श्रीलङ्काको दक्षिणमा रहेको तीर्थस्थल कातारागामाबाट करिब २५० किलोमिटर (१५५ माइल) को दूरीमा रहेको केन्द्रीय शहर कुरुनेगालातर्फ जाँदै थियो ।