|  

सत्ता गठबन्धन धेरै जाला जास्तो देखिएनः वर्षमान पुन

२८ बैशाख, काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सत्तागठबन्धन धेरै अगाडि जान नसक्ने बताएका छन् ।

आईतवार संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै पुनले  नीति तथा कार्यक्रममा नीति कांग्रेसको र कार्यक्रम एमालेको भएको आरोप लगाए । पुनले नीति एकातिर र कार्यक्रम अर्कैतिरबाट आएकाले कार्यान्वयनमा शंका गर्नुपर्ने भन्दै सत्तागठबन्धन धेरै लामो सयम नटिक्ने जिकिर गरे ।

पुनले उल्टो बाटोमा हिँडेको सरकारले ल्याएको नीति तथा कार्यक्रम भएकाले प्रतिक्रिया दिन पनि अप्ठ्यारो भएको दाबी गरे । पुनले  नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री गम्भीर नदेखिएको बताए । युवामा देखिएका निराशा चिर्नेगरी युवाशक्तिलाई आशावादी बनाउने कुनै कार्यक्रम भएको भनेर प्रधानमन्त्रीले नै आत्मविश्वास गुमाएको उनको भनाइ छ ।

पूर्वअन्र्थमन्त्री समेत रहेका उपमहासचि पुनले नीति तथा कार्यक्रममा सत्ता गठबन्धनका दुई ठूला दल कांग्रेस र एमालेबीच विवाद देखिएको बताए ।