|  

सगरमाथा संवादमा भारतका वातावरण मन्त्री आउने

२८ बैशाख, काठमाडाैं ।   सरकारले आयोजना गर्न लागेको सगरमाथामा संवादमा भारतको केन्द्रीय मन्त्रीले सहभागिता जनाउने भएका छन् । 

भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल आउने निश्चित भएको हो।

परराष्ट्र मन्त्रालयकाअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्री यादवलाई सगरमाथा संवादमा पठाउने भएका हुन्। प्रधानमन्त्री मोदीले कार्य व्यस्तताका कारण आफू सगरमाथा संवादमा आउन नसक्ने जानकारी गराएको स्रोतको भनाइ छ। 

सरकारले जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्दैछ।