२८ बैशाख, काठमाडाैं । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय सेनाले अपरेसन सिन्दूरमा १०० आतंककारी मारिएकाे बताएका छन् ।
आइतबार साँझ पहिलोपटक पत्रकार सम्मेलन गरेर डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले "अपरेसन सिन्दूरमा १०० भन्दा बढी आतंकवादी मारिएकाे बताएकाे हुन ।
पत्रकार सम्मेलनमा सेनाका तर्फबाट लेफ्टिनेन्ट जनरल घई, वायुसेनाका तर्फबाट एयर मार्सल एके भारती तथा नौसेनाका तर्फबाट भाइस एडमिरल एएन प्रमोद र मेजर जनरल एसएस शारदाले अपरेसन सिन्दूरको बारेमा जानकारी दिए ।
घईले ब्रिफिङको क्रममा भने, "सेनाद्वारा नौ आतंकवादी लुकेका ठाउँहरूमा सटीक लक्ष्यका साथ आक्रमण गरियो । यी आक्रमणहरूमा १०० भन्दा बढी आतंककारीहरू मारिए । यसमा युसुफ अजहर, अब्दुल मलिक रौफ र मुदस्सीर अहमद जस्ता उच्च मूल्यका आतंककारीहरू समावेश थिए ।"
यी तीनजना आईसी ८१४ को अपहरण र पुलवामा विस्फोटमा संलग्न रहेको उनले बताए ।