|  

छत्तीसगढमा ट्रक ट्रेलरसँग ठोक्किँदा १० जनाको मृ#त्यु

२९ बैशाख, काठमाडौं ।  भारतको छत्तीसगढमा यात्रु बोकेको ट्रक ट्रेलरसँग ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

छत्तीसगढको सरगाउँनजिक रायपुर–बलोदाबजार सडकमा एउटा मेलामा सहभागी भएर फर्किएका यात्रु बोकेको ट्रक ट्रेलरसँग ठोक्किएको थियो ।

ट्रकमा चौथियामा छट्टीमा सहभागी भएर फर्कन लागेको यात्रुहरू चढेका थिए । दुर्घटनामा धेरै मानिसहरू घाइते भएको बताइएको छ। विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।