२९ बैशाख, काठमाडौं । पाकिस्तानी सेनाले आइतबार राति गरेको पत्रकार सम्मेलमा भारतसँगको द्वन्द्वको समयमा आफ्नो एउटा विमानमा सामान्य क्षति भएको स्वीकार गरेको छ।
यद्यपि, पाकिस्तानी सेनाले यस विमानको बारेमा धेरै जानकारी दिएको छैन । भारत र पाकिस्तानले शनिबार आपसी सहमतिमा जमिन, आकाश र समुद्रमा हुने सबै गोलाबारी र सैन्य कारबाही तुरुन्तै रोक्ने निर्णय गरेका छन् ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले एउटा पाकिस्तानी विमानमा मात्र थोरै क्षति पुगेको बताए।