२९ बैशाख, काठमाडौं । आज २५६९औँ बुद्ध जयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदैछ ।
यसैबिच राष्ट्रपति रामचन्द्र पौडेल बौद्ध स्तूपा पुगेर पूजा अर्चना गरेका छन् । उनले शान्तिको प्रतीक सेतो परेवा समेत उडाएका थिए ।