२९ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभरबाट आउने अधिकांश शरणार्थीलाई प्रवेशमा रोक लगाएको छ भने दक्षिण अफ्रिकाका गोरा अल्पसंख्यकलाई शरणार्थीको दर्जा दिएर स्वागत गर्दै छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कार्यक्रमअन्तर्गत शरणार्थी दर्जा पाउने गोरा दक्षिण अफ्रिकीको पहिलो समूह आइतबार जोहान्सबर्गको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेको छ ।
गोरा नागरिकको लामो पंक्ति पासपोर्टमा छाप लगाउन पर्खिरहेको थियो ।तिनीहरूमध्ये कोहीसँग आपराधिक मुद्दा चलिरहेको भएका जाँच गर्ने सर्तमा ४९ यात्रुलाई अमेरिका उड्न अनुमति दिइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोरा दक्षिण अफ्रिकी विशेष गरी अफ्रिकानर्स (दक्षिण अफ्रिकामा सबैभन्दा लामो इतिहास भएका गोरा समुदाय)लाई शरण दिने प्रस्तावले दुवै देशबीच विवाद बढाएको छ ।