|  

नोरा फतेही शुक्रबार नेपाल आउँदै

२९ बैशाख, काठमाडौं । बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेही शुक्रबार काठमाडौं आउँदैछिन् । पहिलो प्रस्तुतिको लागि आउन लागेकी नोरा नेपालमा ३ दिन रहनेछिन् ।

शुत्रबार दुबईबाट काठमाडौं आउन लागेकी उनले सोही दिन आयोजना हुने ‘मिट एण्ड ग्रीट’मा भाग लिनेछिन् ।
शनिबार बेलुका बौद्धस्थित हायातको चौरमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’मा उनले प्रस्तुति दिने कार्यक्रम छ ।

उनी २० भन्दा धेरै डान्सरसहित काठमाडौं आउन लागेकी हुन् ।आइतबार बिहान उनले वसन्तपुर दरबार स्क्वायरसहितका सांस्कृतिक र पर्यटकीय सम्पदाको भ्रमण गर्नेछिन् ।