२९ बैशाख, काठमाडौं । गभर्नर समितिका सदस्य अर्थविद् विश्व पौडेलले समितिबाट राजीनामा दिएका छन् ।
उनले इमेलमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा पठाएका हुन् ।
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरका रूपमा पौडेलको नाम सिफारिस गर्ने सहमति भएसँगै उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन्।