|  

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट संन्यास

२९ बैशाख, काठमाडौं । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।

यसअघि नै संन्यासको विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई जानकारी गराएका कोहलीले सोमबार संन्यास लिने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत् टेस्ट क्रिकेटबाट बिदा भएको जनाकारी गराएका हुन् । कोहलीले यसअघि नै टी-२० बाट संन्यास लिएका थिए । अब उनी भारतका लागि एकदिवसीय खेलमा मात्र उपलब्ध हुनेछन्।