२९ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती कार्यक्रम भव्य रूपमा मनाउने घोषणा गरेका छन् ।
सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।
उनले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।
उनले बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य रहेको उल्लेख गर्दै भारत र पाकिस्तानबिच हात हालाहालको स्थिति आएको अवस्थामा हामी संयमित हुनुपर्ने बताए ।