२९ बैशाख, काठमाडौं । अमेरिका र चीन एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनको लागि आफ्नो पारस्परिक कर ११५ प्रतिशतले घटाउने बताएका हुन । स्विट्जरल्याण्डमा भन्सार शुल्कको बारेमा अमेरिका र चीनबिच वार्ता भएको थियो। त्यो छलफलपछि सोमबार यो सम्झौताको घोषणा गरिएको हो ।
छलफलपछि बेसेन्टले वार्तालापलाई ‘उत्पादक र रचनात्मक’ भनेर वर्णन गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानहरूमा भारी कर लगाएपछि दुई देशबिचको यो पहिलो बैठक थियो । ट्रम्पले चिनियाँ आयातमा १४५५ सम्मको भन्सार शुल्क लगाए भने चीनले केही अमेरिकी उत्पादनहरूमा १२५५ सम्मको भन्सार शुल्क लगाएको छ । अब चिनियाँ आयातमा अमेरिकी भन्सार कर ९० दिनको लागि ३०५ मा घटाइनेछ भने अमेरिकी आयातमा चिनियाँ भन्सार कर १०५ मा घटाइनेछ ।