२९ बैशाख, काठमाडौं । भारतको मध्यक्षेत्रमा अवस्थित छत्तीसगढ राज्यमा बस र ट्रक एकआपसमा ठोक्किँदा १३ जनाको ज्यान गएको छ ।
राज्यको राजधानी रायपुर नजिकै गय राति ११ बजे भएको दुर्घटनामा ९ महिला र १ शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको हो । घटनामा अन्य १४ जना घाइते भएका छन् । स्थानीय प्रहरीले पुष्टि गरेको छ । आफन्तको घरमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्कँदै गर्दा उक्त दुर्घटना भएको थियो । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।