२९ बैशाख, काठमाडौं । काठमाडौंको सुन्धारामा सोमबार बिहान दुई मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।
काठमाडौंको काठमाडौं मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बसोबास गर्दै आएका तनहुँ आँबुखैरेनी नगरपालिका–५ का ४६ वर्षीय सन्तोष कुमार गुरुङको ज्यान गएको हो । गुरुङलाई गम्भीर घाइते अवस्थामा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही मोटरसाइकलमा सवार अर्का एक जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालक घाइते भएका छन् । उनीहरुको पनि राष्ट्रिय ट्रमा सेन्टरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।