बुधवार ९ जेष्ठ, २०८२  | Wednesday 21 May, 2025 

आज दुईवटा समितिको बैठक बस्दै

३० बैशाख, काठमाडौं ।  संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज पूर्वाधार विकास समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ तथा समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे स्नेछ । बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाका बारेमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।