३० बैशाख, काठमाडौं । हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर सोमबार राति रिहा भएका छन् ।
रिहा भएलगत्तै उनको परिवारसँग मिलन भएको छ ।गाजामा इजरायली सेनामा आबद्ध २१ वर्षीय उनलाई ७ अक्टोबर २०२३ मा सेनाले अपहरण गरेको थियो । सोमबार इजरायलले बन्दी हस्तान्तरण कार्य सहज होस् भन्नका खातिर अस्थायी रूपमा गाजामा आक्रमण रोकेको थियो ।
हमासका शीर्ष अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमण अघि नै गरिएको यो रिहाइ नयाँ चरणको युद्ध विरामको बाटो तयार गर्न महत्त्वपूर्ण साबित हुने बताएका छन् ।
ट्रम्प मङ्गलबार मध्यपूर्व पुग्ने छन् । अलेक्जेन्डर हमासको साथमा रहेका अन्तिम जीवित अमेरिकी बन्दी भएको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलेक्जेन्डरको परिवारलाई बधाई समेत दिएका छन् ।