|  

पटक पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरणका कर्मचारीको मापसे चेक

३० बैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मध्यरातमा मादक पदार्थ सेवन परीक्षण गरिएको छ । पटक पटक बिजुली गएपछि यहाँका कर्मचारीको मापसे चेक गरिएको हो ।

बिजुली काटिएपछि स्थानीय र पर्यटन व्यवसायीले प्रहरीमा उजुरी गरेका थिए । स्थानीयकै आग्रहमा मापसे चेक गरिएको प्रहरीले जनाएको । तर उनीहरुले मादक पदार्थ सेवन गरेको नभेटिएको प्रहरीले जनाएको छ ।