३० बैशाख, काठमाडौं । थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दैछ ।
छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान ११ः१५ बजे सुरु हुनेछ ।
यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो ।नेपालले त्यसपछि बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।