|  

डा.सत्यमोहन जोशीको शालिक अनावरण

३० बैशाख, काठमाडौं । स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ ।

जोशीको १०६ औं जन्मजयन्तीको अवसरमा ललितपुर महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गर्दै उनको शालिक अनावरण गरेको हो ।

ललितपुर महानगरपालिकाको प्राङ्गणमा रहेको झनाख्यः मेट्रो पार्कमा स्थापित शालिकको अनावरण मेयर चिरिबाबु महर्जनले गरेका हुन्।

स्व.जोशीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका थिए । स्व.जोशीले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका थिए ।