|  

साफ यु–१९ च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै

३० बैशाख, काठमाडौं । १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ ।

खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

सेमिफाइनलको यात्रा तय गरिसकेका दुवै टोली समूह ‘बी’ विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।