|  

भक्तपुरमा मापसे गरेर सहचालकले चलाएको बस चार तले घरमा ठोक्किएपछि.....

३० बैशाख, काठमाडौं । भक्तपुरमा बस अनियन्त्रित भएर घरमा ठोक्किएको छ ।

गए राति करिव २ बजे मध्यपुरथिमी नगरपालिका-९ निकोसेरास्थित दुवाकोट मोडमा बस अनियन्त्रित भई घरमा ठक्कर खाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुवाकोटबाट निकोसेरा जाँदै गरेको बा.प्र.०१-००६ ख ५९९८ नम्बरको भाडाको बस सहचालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ घर भई हाल सल्लाघारी बस्ने २० वर्षीय अनिल खत्रीले चलाएका थिए।बस अनियन्त्रित भएर चार तले पक्की घरमा बज्रेको थियो।

कम्पाउण्डमा रहेको मन्दिरमा पनि क्षति पुगेको छ भने बसको अगाडि भागमा क्षति पुगेको छ । सहचालक खत्रीले मादक पदार्थ सेवन गरी बस चलाएका थिए।