३० बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कतार सरकारले विलासी बोइङ ७४७-८ जम्बो जेट उपहार दिने भएको छ । यो विमानको मूल्य ४० करोड डलर छ।
ट्रम्पको कतार भ्रमणको क्रममा यसको आधिकारिक घोषणा हुन सक्छ। यो उपहार कुनै पनि अमेरिकी राष्ट्रपतिले प्राप्त गरेको सबैभन्दा महँगो विदेशी उपहार हुनेछ । यद्यपि घोषणा पछि पनि ट्रम्पले यो उपहार अहिले नै पाउने छैनन् । ट्रम्पले २०२९ मा आफ्नो राष्ट्रपतिको कार्यकाल पूरा हुनुभन्दा केही समय अघि यो विमान प्रयोग गर्न सक्नेछन्।बोइङ ७४७–८ जम्बो जेटलाई ‘फ्लाइङ प्यालेस’ पनि भनिन्छ ।
यो विलासिता र उन्नत प्रविधिको लागि प्रसिद्ध छ। यो बोइङ ७४७ शृङ्खलाको पछिल्लो र सबैभन्दा ठूलो संस्करण हो। बोइङ ७४७–८ लाई भिआइपी कनफरेसनको समयमा ४०–१०० यात्रुहरूका लागि लक्जरी सुइटहरूमा रूपान्तरण गर्न सकिन्छ । यसमा मास्टर बेडरूम, सम्मेलन कोठा, भोजन क्षेत्र, लाउन्ज र बाथरूम जस्ता सुविधाहरू छन्।यो विमानमा चारवटा GEnx-2B इन्जिनहरू छन् ।
यसका साथै आधुनिक गिलास ककपिट र नेभिगेसन प्रणाली पनि छ। क्षेप्यास्त्रहरूबाट जोगाउन प्रतिरोधात्मक उपायको रूपमा इन्फ्रारेड ज्यामर जस्ता सुविधाहरू छन् । लाउन्ज र डाइनिङ एरियामा ठूला डाइनिङ टेबल, हाई-टेक स्क्रिन, भिडियो कन्फरेन्सिङ, ब्लु–रे प्लेयर र उच्च गुणस्तरको अडियो सिस्टमहरू छन् । यो विमान ०.९२ म्याक (लगभग १,१०० किमी / घण्टा) को पूर्ण गतिमा उड्न सक्छ । यसका साथै यो ५१ हजार फिटको उचाइमा उड्छ । यो संसारको सबैभन्दा ठूलो व्यावसायिक विमान हो।