३० बैशाख, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल विरोधी वर्ग भएको बताएका छन् ।
आज सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको उनको भनाइ छ । मन्त्री खड्काले देश आफैँले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताए । नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्वहरुप्रति सजग रहन आग्रह समेत गरे । उनले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पु¥याएको क्षति नोक्शानीप्रति सरकार गम्भीर रहेको पनि बताए ।
उनले २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पु¥याएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिवद्ध रहेको बताए । उनले इन्द्रावती गाउँपालिकास्थित भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाईका लागि विस्तृत परियोजना अघि बढाइएको जिकिर गरे । उनले उक्त २२ वटा टारलाई सिंचाईको व्यवस्था मिलाएपछि सम्पूर्णको जिल्लाको लागि खाद्यान्नको लागि अन्त धाउनु नपर्ने विश्वास व्यक्त गरे । उनले सिन्धुपाल्चोकको कारणले काठमाडौंवासीले पानी पाएको भन्दै सरकारसँग दाबी गर्ने अधिकार समेत समेत धारणा राखे । उनले प्राकृतिक प्रकोपको जोखिमहरू भइरहने हुनाले खोला किनारमा अझै पनि ध्यान दिनुपर्ने जिकिर गरे ।