३० बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा रहेका अफगान नागरिकका लागि टेम्पोररी प्रोटेक्सन स्ट्याटस (टीपीएस) खारेज गरेको छ ।
तालिबानले शासन गरेको अफगानिस्तानमा अवस्था सुधारिएकाले अब थप मानवीय संरक्षणको आवश्यकता नपर्ने ट्रम्प प्रशासनको निष्कर्ष छ । यस निर्णयले सन् २०२१ मा अफगानिस्तानमा तैनाथ अमेरिकी फौज फिर्ता गरेपछि देश छाडेका हजारौँ अफगान प्रभावित हुने बताइएको छ ।
टीपीएस खारेज गर्ने निर्णय आधिकारिकरूपमा जुलाई १२ मा समाप्त हुनेछ । त्यसअघि ६० दिने अवधि दिइनेछ । १४ हजारभन्दा बढी अफगान अझै टीपीएसअन्तर्गत छन् । जबकि केहीले शरण वा विशेष आप्रवासी भिसा प्राप्त गरिसकेका छन् ।