३० बैशाख, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संविधानमा लिपिवद्ध गरिएका जनताका अधिकारहरुलाई यथार्थ बनाउन कार्यान्यवन गर्ने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सचेतक परियारले वर्तमान संधिवानले व्यवस्था गरेका विषय कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका हुन् । उनले दुई ठूला दलको सरकार बनेको वर्तमान समयमा दलमात्र ठूलो भएर केही नहुने भन्दै राम्रो दल वर्तमानको आवश्यकता भएको बताए । सदनमा आरोप प्रत्यारोप भन्दा पनि देश र जनताको समस्या पहिचान गरी सोही विषयमा छलफल चलाउन सांसद परियारले माग गरे । वर्तमान अवस्थामा पनि नेपाली समाजको वास्तविक अन्तरद्वन्दहरु पहिचान नगर्ने र सत्यहरु थाहा पाउने आँट नगरेमा नेपाली समाजको विकास सम्भव नहुने र हामीले चाहेजस्तो उन्नत नेपाल नबन्ने दाबी गरे । उनले राज्य र नागरिकबीचको कमजोर सम्बन्ध के कारण र कहाँबाट शुरु भयो भन्नेबारेमा पनि छलफल गर्नुपर्नेमा जोड दिए ।