३० बैशाख, काठमाडौं । सोमबार खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको आज पनि खोजी कार्य जारी छ ।
सोमबार साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाएर बेपत्ता भएकी ३३ वर्षीया रेनुका गिरीको खोजीमा सशस्त्र प्रहरीले गोताखोरसहितको टोली परिचालन गरेको हो ।
सशस्त्रको अस्थायी सुरक्षा बेश पनौतीबाट इन्स्पेक्टर भीमसेन केसीको कमाण्डमा खटिएको टोलीले फेला नपारेपछि अर्को टोली पनि खटाइएको छ ।
आज बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेबाट डीएसपी विश्वनाथ जिसीको नेतृत्वमा विपद् व्यवस्थापनसहितको टोली परिचालन भएको छ ।