३० बैशाख, काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १४.८७ अंकले घटेर २६३४.२३ विन्दुमा पुगेको हो । नेप्से ०.५६ प्रतिशतले घट्दा कारोबारमा पनि गिरावट आएको छ ।
आज ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर कारोबार भएको छ । आज ७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज ३१४ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ४४५ पटक शेयर किनबेच भएको छ । १३ वटा समूह मध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूह घटेको छ । विकास बैंक ०.८८ प्रतिशतले, जीवन बीमा ०.९५ प्रतिशतले र उत्पादन तथा प्रशोधन ०.३४ प्रतिशतले बढेको छ।
सबैभन्दा बढी ट्रेडिङ समूह २.४६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१८ प्रतिशतले घटेको छ ।