३० बैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पञ्जाबको आदमपुर एयरबेसमा पुगेका छन् ।
आदमपुरस्थित एयरबेसमा उगेका प्रधानमन्त्री मोदीले वायुसेनाका कर्मचारीहरूलाई भेट गरेका छन् । मोदीले सैनिकहरूसँगको तस्बीर सार्बजनिक गरेका छन् ।
सोमबार ‘अपरेशन सिन्दूर’ बारे राष्ट्रलाई सम्बोधन गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार बिहान पञ्जाबको आदमपुर एयरबेसमा पुगेका हुन ।
गत हप्ता दुई देशबीचको सैन्य द्वन्द्वमा पाकिस्तानी सेनाले भारतको आदमपुर एयरबेसमा आक्रमण गरेको र मिसाइल रक्षा प्रणाली एस(४०० नष्ट गरेको दाबी गरेको थियो।
यद्यपि, भारतीय सेनाले आदमपुर एयरबेसमा आक्रमण गर्ने प्रयास भएको बताएको थियो, जुन असफल पारिएको थियो।
आफ्नो पोस्टमा प्रधानमन्त्री मोदीले लेखेका छन् , “आज बिहान म एएफएस आदमपुर गएँ र हाम्रा बहादुर वायु योद्धाहरू र सैनिकहरूलाई भेटें। साहस, दृढ संकल्प र निडरताको प्रतीक रहेका मानिसहरूसँग हुनु एकदमै विशेष अनुभव थियो।”
“भारत हाम्रा सशस्त्र सेनाहरूले हाम्रो देशको लागि गरेको सबै कुराको लागि सधैं आभारी रहनेछ।”
पीटीआईमा जारी गरिएको भिडियोमा प्रधानमन्त्री नरेन्द्र मोदी सैनिकहरूसँग कुरा गरिरहेको देखिन्छ।मे ७ को बिहान भारतले पाकिस्तान भित्र हवाई हमला गरेपछि मे १० मा दुई देशबीच युद्धविरामको सहमति भएको थियो।